२०२६-०८-१२
लिभरपुलको लगातार तेस्रो जित, प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो>
Action

लिभरपुलको लगातार तेस्रो जित, प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

आइतबार प्रिमियर लिगमा साविक विजेता लिभरपुलले आर्सनललाई १-० ले हराउँदै आफ्नो शतप्रतिशत जित यात्रा कायम राखेको छ।

घरेलु मैदान एनफिल्डमा भएको प्रतिस्पर्धात्मक खेलको निर्णायक गोल ८३औं मिनेटमा डोमिनिक सोबोजलाईले फ्रिकिकमार्फत गरेका थिए। उनको उत्कृष्ट प्रहारले लिभरपुललाई अग्रता दिलायो र अन्ततः सो गोल नै जितको आधार बन्यो।

यो जितसँगै लिभरपुलले लगातार तेस्रो खेलमा जित निकाल्दै ९ अंक जोडेर तालिकाको शीर्ष स्थान सुरक्षित गरेको छ। पहिलो हार व्यहोरेको आर्सनल भने ३ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा झरेको छ।

त्यसैगरी, आइतबारकै अर्को खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३-० ले पराजित गर्दै महत्त्वपूर्ण जित हात पार्‍यो।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart