ताजा खबर
काठमाडौं । चर्चित टिभी रियालिटी शो नेपाल आइडल सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन्। आइतबार सम्पन्न भव्य ग्राण्ड फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै ट्रफी आफ्नो नाममा लेखाइन्।
विजयी सोनामलाई संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ट्रफी हस्तान्तरण गरे। उनले नगद २५ लाख रुपैयाँसहित विभिन्न आकर्षक उपहार प्राप्त गरिन्।
प्रतियोगितामा बबिता थापामगर फस्ट रनरअप बनिन् र उनले नगद १० लाख जितिन् भने दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भइन् र नगद ५ लाख पाएकी छन्। अभिनय खाती चौथो र मृनल मानन्धर पाँचौ स्थानमा परे। दुबैलाई १–१ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
दर्शकको भोटकै आधारमा विजेता घोषणा गरिएको थियो। न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक रहे भने कार्यक्रमलाई आसिफ शाहले सञ्चालन गरेका थिए।
यसअघि बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियारले नेपाल आइडलको उपाधि जितिसकेका छन्।
Super Admin
>