२०२६-०८-१२
विद्या भण्डारी–केपी ओली भेट: च्यासलमा राजनीतिक तातो सम्वाद>
Action

विद्या भण्डारी–केपी ओली भेट: च्यासलमा राजनीतिक तातो सम्वाद

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार एमाले केन्द्रीय कार्यालय च्यासल पुगिन्, यसपटक स्पष्ट राजनीतिक उद्देश्यका साथ। यसअघि सुवास नेम्वाङको श्रद्धाञ्जली कार्यक्रममा उपस्थित भएकी भण्डारीको यो दोस्रो च्यासल यात्रा हो, तर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष राजनीतिक सम्वाद गर्न पुगेकी यो पहिलो औपचारिक भेट हो।

पौने दुई घण्टासम्म चलेको यो सम्वादले एमालेको आन्तरिक गतिशीलता र भण्डारीको राजनीतिक पुनरागमन सम्भावनाबारे विभिन्न अड्कल गराउन थालेको छ। भेटपछि ओली, भण्डारी र शीर्ष नेताहरूको सामूहिक तस्बिर सार्वजनिक गरियो, जसलाई कतिपयले ‘एकताको सन्देश’को रूपमा व्याख्या गरे। तर, उच्च स्रोतका अनुसार यो भेट खुलेर हाँसो गर्दै बाहिरिएजस्तो भए पनि अन्तर्यमा कड्किएको संवाद चल्यो।

भेटको मुख्य विषय भने भण्डारीको एमाले सदस्यता नवीकरणलाई लिएर हालै सार्वजनिक भएको विवाद थियो। भण्डारीले ओलीसँग सोधेको मुख्य प्रश्न थियो— किन उनको सदस्यता नवीकरण 'होल्ड' मा राखिएको भन्ने अभिव्यक्ति ओली निकट नेताहरूले सार्वजनिक रूपमा दिइरहे? उनले यस विषयमा अध्यक्ष ओलीको स्पष्ट धारणा मागिन्।

ओलीले भने प्राविधिक कारणले त्यो विषय सार्वजनिक भएको जिकिर गरे र भण्डारीको सदस्यतामा कुनै समस्या नरहेको प्रस्ट पारे। तर, राजनीतिक सन्देशलाई केन्द्रमा राख्दै भने, ‘पूर्वराष्ट्रपतिले राजनीतिमा फर्किंदा राम्रो सन्देश जाँदैन, सम्मान लिएर बसेको राम्रो हुन्छ,’ भनेर भण्डारीलाई नरिउन सुझाएका थिए।

तर भण्डारीको उत्तर त्यसभन्दा फरक थियो। उनले आफु धेरैअघि नै अघि बढिसकेको र सदस्यता नवीकरण पोहोरै भइसकेको जानकारी दिइन्। उनी च्यासलमा अब नियमित आउने पनि बताइन्। यस प्रतिक्रियालाई धेरैले उनको राजनीतिक पुनरागमनको संकेतका रूपमा लिएका छन्।

च्यासलमा अब भण्डारीको उपस्थिति मात्र हैन, भूमिका पनि फरक हुन सक्ने आँकलन सुरु भएको छ। ओलीको सतर्कता र भण्डारीको दृढता मिलेर एमालेको आन्तरिक शक्ति समीकरण नयाँ मोडमा जाँदैछ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart