२०२६-०६-१३
धनुषामा निर्माणाधीन घरमा करेन्ट लागेर कामदारको मृत्यु>
Action

धनुषामा निर्माणाधीन घरमा करेन्ट लागेर कामदारको मृत्यु

धनुषा । धनुषाको मिथिला नगरपालिका–१०, लालगढमा निर्माणाधीन घरमा वाइरिङ गर्ने क्रममा करेन्ट लाग्दा एक कामदारको ज्यान गएको छ।

मृत्यु हुनेमा सोही स्थानका ४० वर्षीय राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ। मंगलबार साँझ स्थानीय जानुका कार्कीको निर्माणाधीन घरमा इलेक्ट्रिक वाइरिङ कार्यमा संलग्न रहेका श्रेष्ठ करेन्ट लाग्दा घटनास्थलमै ढलेका थिए।

उनीलाई तत्काल उद्धार प्रयास गरिए पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart