२०२६-०६-१३
नेपाल–वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० शृंखलाको तालिका परिवर्तन, पहिलो खेल २७ सेप्टेम्बरमा>
Action

नेपाल–वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० शृंखलाको तालिका परिवर्तन, पहिलो खेल २७ सेप्टेम्बरमा

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच हुन लागेको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको खेल तालिकामा सामान्य परिवर्तन गरिएको छ।

शुरुवातमा शारजाह क्रिकेट स्टेडियममा २७, २८ र ३० सेप्टेम्बरमा खेल हुने भनिएको थियो। तर, अब खेलहरू २७, २९ र ३० सेप्टेम्बरमा हुने क्यानले जनाएको छ।

नेपालले दुई पटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी-२० शृंखला खेल्न लागेको यो पहिलो अवसर हो। यसअघि वेस्ट इन्डिजको ए टोली नेपालमै आएर टी-२० खेलेको भए पनि पहिलोपटक नेपालको राष्ट्रिय टोलीले वेस्ट इन्डिजको वरिष्ठ टिमसँग भिड्न लागेको हो।

क्यानले वार्षिक क्यालेन्डरमा नै सेप्टेम्बर महिनामा कुनै टेस्ट राष्ट्रसँग टी-२०आई शृंखला खेल्ने योजना सार्वजनिक गरेको थियो। यो श्रृंखला नेपाल क्रिकेटका लागि ऐतिहासिक मात्र नभई आगामी टी-२० विश्वकप एसिया छनोटको तयारीका दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण मानिएको छ। विश्वकप छनोट प्रतियोगिता आगामी अक्टोबरमा ओमानमा हुँदैछ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस श्रृंखलालाई सफल बनाउन वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डलाई धन्यवाद जनाएको छ।

खेल तालिका (शारजाह क्रिकेट स्टेडियम):

  • पहिलो खेल : २७ सेप्टेम्बर २०२५
  • दोस्रो खेल : २९ सेप्टेम्बर २०२५
  • तेस्रो खेल : ३० सेप्टेम्बर २०२५


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart