२०२६-०६-१३
दुर्गा प्रसाईं र नेपाली कांग्रेस (बी.पी.) बीच आन्दोलनमा सहकार्यको ६ बुँदे समझौता>
Action

दुर्गा प्रसाईं र नेपाली कांग्रेस (बी.पी.) बीच आन्दोलनमा सहकार्यको ६ बुँदे समझौता

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान र सुशीलमान शेरचन नेतृत्वको नेपाली कांग्रेस (बी.पी.) बीच आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ। आइतबार बिहान भक्तपुरको मध्यपुरठिमीस्थित प्रसाईंको निवासमा दुई पक्षबीच ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो।

कांग्रेस (बी.पी.)का सभापति शेरचनका अनुसार प्रसाईं पक्षले सहकार्यको प्रस्ताव ल्याएपछि उनीहरू मंसिर ६ गतेदेखि सुरु हुने आन्दोलनमा सहभागी हुने सहमतिमा पुगेका हुन्।

‘हामीले पनि २०८३ सालदेखि आन्दोलनको तयारी गरिरहेका थियौं,’ शेरचनले भने, ‘दुर्गा प्रसाईंले सुरु गर्न लागेको आन्दोलनमा संयुक्त रूपमा लाग्ने निर्णय गरेका हौं।’

सहमति अनुसार कांग्रेस (बी.पी.)का नेता, कार्यकर्ता र समर्थकहरू आफ्ना झण्डा, नारासहित स्वतन्त्र रूपमा आन्दोलनमा सहभागी हुने छन्। आन्दोलन प्रभावकारी बनाउन संयुक्त समन्वय समिति गठन गरिने पनि उल्लेख छ।

दुवै पक्षले आन्दोलनलाई पूर्ण रूपमा अहिंसात्मक, संवैधानिक र अनुशासित ढंगले सञ्चालन गर्ने र राष्ट्र, धर्म तथा नागरिक सुरक्षाको सम्मान गर्दै कुनै विभाजनकारी कार्य नगर्ने प्रतिबद्धता जनाएका छन्।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart