२०२६-०६-१३
ऋषिकेश मन्दिरको रथयात्राका लागि तानसेनमा आज सार्वजनिक बिदा>
Action

ऋषिकेश मन्दिरको रथयात्राका लागि तानसेनमा आज सार्वजनिक बिदा

पाल्पा । तानसेन नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। रिडीधामस्थित ऋषिकेश मन्दिरमा हुने ऐतिहासिक रथयात्राका अवसरमा नगरपालिकाभर बिदा दिइएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीका अनुसार नगर कार्यपालिकाको असोज २६ गतेको बैठकले ऋषिकेश मन्दिरको धार्मिक महत्त्व र सांस्कृतिक प्रतिष्ठा बढाउने उद्देश्यले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार आज नगरपालिकाअन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय, कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्था बन्द रहेका छन्। नगरपालिकाले अत्यावश्यक सेवा भने यथावत् सञ्चालन हुने जनाएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart