२०२६-०६-१३
ठमेलमा झगडा र गुण्डागर्दी प्रकरण: क्लब सञ्चालक राजेन्द्र गुरुङ पक्राउ>
Action

ठमेलमा झगडा र गुण्डागर्दी प्रकरण: क्लब सञ्चालक राजेन्द्र गुरुङ पक्राउ

काठमाडौं — राजधानीको ठमेल क्षेत्रमा झगडा र गुण्डागर्दीमा संलग्न रहेको आरोपमा ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरुङ पक्राउ परेका छन्। उनलाई शनिबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए।

१४ साउनमा ठमेलस्थित एक दोहोरी साँझमा सानुभाइ भनिने युवराज गुरुङ र राजेन्द्र गुरुङ नेतृत्वका दुई समूहबीच झगडा भएको थियो। उक्त झगडापछि प्रहरी वृत्त सोह्रखुट्टेले दुई पक्षका तीन जनालाई त्यतिबेलै नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार क्लब सञ्चालकले नै खबर गरेपछि सानुभाइसहित दीलकुमार तुम्बापो र रवीन्द्र गुरुङ पनि पक्राउ परेका थिए। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart