ताजा खबर
पर्साको जिराभवानी गाउँपालिका–५ स्थित शंकरसरैया मुसहर टोलमा एक महिलाको कुटपिटपछि मृत्यु भएको छ। श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् जितन माझीलाई प्रहरीले पक्राउ गरेको छ।
२४ वर्षीया अस्पतलिया देवीलाई घरेलु विवादकै क्रममा कुटपिट गर्दा घटनास्थलमै ज्यान गएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ।
शनिबार साँझ श्रीमान् माझीलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
प्रहरीले घटनालाई घरेलु हिंसासँग जोडेर अनुसन्धान अघि बढाइरहेको छ।
Super Admin
>