ताजा खबर
काठमाडौं । राजधानीको स्थानीय बजारमा स्याउको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आइतबार फुजी स्याउको थोक मूल्य प्रतिकिलो न्यूनतम २८० रुपैयाँदेखि अधिकतम ३५० रुपैयाँ पुगेको छ। औसत मूल्य भने ३१८ रुपैयाँ रहेको छ।
शनिबारको तुलनामा यो मूल्य बढी हो। शनिबार फुजी स्याउको न्यूनतम मूल्य २८० र अधिकतम ३३० रुपैयाँ थियो।
यस्तै, झोले स्याउ प्रतिकिलो २३० देखि २५० रुपैयाँको दायरामा किनबेच भइरहेको समितिले जनाएको छ।
Super Admin
>