ताजा खबर
भक्तपुर । अरनिको राजमार्गको वैकल्पिक ‘च्यामासिंह–ताथली–नाला’ सडक जीर्ण भएपछि स्थानीयले सडकमै केराको बोट रोपेर विरोध गरेका छन्।
बनेपाबाट नाला हुँदै ताथली च्यामासिंह जोड्ने यो सडकको मर्मत र स्तरोन्नतिको माग गर्दै दक्षिणकाली युवा समूहले साङ्गेतिक विरोध कार्यक्रम सञ्चालन गरेको हो। उनीहरूले रामसीता मन्दिर क्षेत्रको अधुरो ढलान र खस्न लागेको सडक भागलाई विशेष रूपमा जोखिमपूर्ण बताउँदै हस्ताक्षर अभियान पनि चलाएका छन्।
अध्यक्ष सुरेशराज गिरीका अनुसार अरनिको राजमार्ग विस्तारका कारण वैकल्पिक सडकमा सवारी चाप अत्यधिक बढेको तर मर्मतमा कुनै ध्यान नदिएको हो। सडक जीर्णताका कारण जाम र दुर्घटनाको जोखिम बढेको भन्दै प्रभावित बस्तीका बासिन्दा आक्रोशित बनेका छन्।
उक्त सडकको शिलान्यास तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले विसं २०१६ मा गरेका थिए।
Super Admin
>