२०२६-०६-१३
सार्वजनिक स्थानमा चुरोट फुक्नुभयो? अब ५ सय जरिवाना तिर्नुहोस्!>
Action

सार्वजनिक स्थानमा चुरोट फुक्नुभयो? अब ५ सय जरिवाना तिर्नुहोस्!

काठमाडौं। काठमाडौंका गल्ली, पार्क, बसपार्क वा चोकचौतारो—जहाँ सार्वजनिक जीवन चल्छ, त्यहाँ अब चुरोट सल्काउने छुट छैन। काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गर्ने विरुद्ध नयाँ अभियान थालेको छ, जसमा नियम तोड्नेले प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

महानगरको आर्थिक ऐन २०८२/८३ अनुसार लागू भएको यो नियमलाई कार्यान्वयनमा ल्याउन अहिले नगर प्रहरीहरू बिहानैदेखि सडकमा प्लेकार्डसहित उभिन थालेका छन्। उनीहरू हातमा “सार्वजनिक स्थानमा धूम्रपान निषेध” लेखिएको ब्यानर बोकेर जनचेतना फैलाइरहेका छन्।

नगरपालिकामा धूम्रपानसम्बन्धी गुनासा बढेपछि र सार्वजनिक स्थानमा अत्यधिक धूम्रपान हुँदै गएपछि यस्तो कडाइ गरिएको हो। निजी सम्पत्ति बाहेकको अन्य कुनै पनि ठाउँमा अब चुरोट तान्न पाइने छैन।

धूम्रपानले स्वास्थ्य मात्रै होइन, वातावरण र सामाजिक आचरणमा समेत असर पुर्‍याइरहेको सन्दर्भमा यो निर्णय स्वागतयोग्य छ। तर अब हेर्न बाँकी छ—सहरले साँच्चिकै धुवाँरहित स्वरूप लिन्छ त?

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart