ताजा खबर
सप्तरी — सप्तरी प्रहरीले हवाई फायर गर्दै दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय रहेका छन् ।
उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीलाई दुई राउन्ड हवाई फायर गर्नुपरेको सप्तरीका एसएसपी कृष्ण कोइरालाले जानकारी दिए । घटनास्थलमै प्रहरीसँग मुठभेडको सम्भावना देखिएपछि यस्तो कदम चालिएको हो ।
प्रहरीका अनुसार उनीहरूका साथबाट २०० ग्राम खैरो हेरोइन बरामद गरिएको छ । लागूऔषध ओसारपसारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई पछ्याउँदै पक्राउ गरेको हो । हाल दुवैलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
Super Admin
>