ताजा खबर
काठमाडौं — प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान प्रस्थान गर्ने तयारीमा रहेका बेला मन्त्रिपरिषद् बैठक बालुवाटारमा केहीबेरमै बस्न लागेको छ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुँदैछ, जहाँ मन्त्रीहरू पहिले नै उपस्थित भइसकेका छन्। प्रधानमन्त्री ओली अहिले त्यहीँ आयोजित पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गरिरहेका छन्। सो कार्यक्रमपछि मन्त्रिपरिषद् बैठक सुरु हुने बताइएको छ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघीय "भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन (LLDC)" मा भाग लिन राति ११:५५ बजे फ्लाई दुबईमार्फत तुर्कमेनिस्तान जान लागेका हुन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई हुँदै अवाजा सहर पुग्ने छन्, जहाँ साउन २० देखि २३ गते (अगस्ट ५–८) सम्मेलन हुँदैछ। नेपाल हाल LLDC समूहको अध्यक्ष राष्ट्रसमेत हो।
प्रधानमन्त्री ओली साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Super Admin
>