ताजा खबर
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मात्र सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढेको हो। सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम थियो।
त्यस्तै, चाँदीको मूल्य पनि उच्च बिन्दुमा पुगेको छ। सोमबार तोलामा २ हजार २७५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च स्तरमा रहेको व्यावसायिक संघले जानकारी दिएको छ।
Super Admin
>