ताजा खबर
नेटफ्लिक्सको मिनी–सिरिज ‘एडोलेसन्स’ बाट चर्चित १५ वर्षीय ओवेन कूपर इतिहास रच्दै एमी अवार्ड जित्ने सबैभन्दा कान्छो अभिनेता बनेका छन्। उनी यस सिरिजमा मुख्य भूमिकामा थिए र यही प्रदर्शनका लागि मुख्य अभिनेताको अवार्ड प्राप्त गरेका हुन्।
एमी अवार्ड प्राप्त गरेपछि कूपरले भने, “जतिबेला मैले नाटकका कक्षाहरू सुरु गरेको थिएँ, त्यतिबेला मैले अमेरिकासम्म आउला भनेर सोचेको पनि थिइनँ। यहाँ (एमी)सम्म आइपुग्ने कुरा त बिल्कुल सोच्न सकिएको थिएन। तीन वर्ष पहिले म केही पनि थिइनँ तर आज म यहाँ उभिरहेको छु। आफूलाई सहज क्षेत्रबाट बाहिर निस्कनुहोस्, अलिकति लज्जित भए पनि त्यसको वास्ता गर्नु पर्दैन।”
‘एडोलेसन्स’ चार भागको नेटफ्लिक्स मिनी–सिरिज हो, जसमा स्टीफन ग्राहमले महत्त्वपूर्ण भूमिका निभाएका छन्। यस सिरिजका निर्देशक फिलिप बारान्टिनी हुन्। अवार्डले कूपरका लागि ठूलो अर्थ राख्ने कृतज्ञता व्यक्त गरिएको छ।
Super Admin