ताजा खबर
काठमाडौं । जेनजी आन्दोलनपछि नागरिकको गुनासा सुन्न स्थापना गरिएको ‘हेलो सरकार’ सेवा आजबाट नयाँ प्रधानमन्त्री कार्यालयबाट सुरु हुने तयारीमा छ। आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी हुँदा हेलो सरकारको कार्यालय र कम्प्युटर उपकरण पनि जलेर सेवा प्रभावित भएको थियो।
हेलो सरकारको फोन नम्बर ११११ मार्फत धेरै नागरिकले सुरक्षा माग, प्रहरी चौकी स्थापना, शान्ति सुरक्षा सुनिश्चित गर्ने अनुरोधका साथै कतिपयले अन्तरिम सरकारमा विभिन्न व्यक्तिलाई मन्त्री बनाउनुपर्ने जस्ता सुझाव र गुनासा पेश गरेका छन्।
कार्यालयका अधिकृत कुलप्रसाद भट्टराईका अनुसार अनलाइन प्रणालीका सबै उपकरण जलेर अहिले केवल एउटा मोबाइल मात्र बाँकी छ। आजदेखि चारवटा मोबाइलबाट सेवा सुरु गरिने तयारी छ र फोन तथा ह्वाट्सएपमा आएका सन्देश क्रमश: सम्बोधन गरिँदै जानेछ। हालसम्म आएका गुनासा र सुझावमा कारबाही प्रक्रिया अगाडि बढाउन सकिएको छैन।
Super Admin
>