ताजा खबर
काभ्रेपलाञ्चोकको रोशी–८ चारसयबेशी र रोशी–१२ माम्ती क्षेत्रमा सडक माथिबाट खसेको सुख्खा पहिरोले बिपी राजमार्ग पुनः अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार तीन दिनदेखि चारसयबेशीमा सुख्खा पहिरो निरन्तर खसिरहेकाले सवारीसाधन सञ्चालन रोक्दै डाइभर्सन निर्माण कार्य भइरहेको छ।
उनका अनुसार विभिन्न स्थानका लेदो र पहिरो हटाइसके पनि चारसयबेशीमा लगातार पहिरो खसिरहेकाले यातायात सञ्चालन असुरक्षित बनेको हो। हाल सो क्षेत्रमा वैकल्पिक सडक मार्ग निर्माणको काम तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।
बिहीबारदेखि परेको अविरल वर्षाका कारण चौकीडाँडा, डालाबेशी, नार्के, चारसयबेशी र घुमाउनेसहितका स्थानहरूमा ढुंगा र लेदो सहितका पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएका थिए।
गत वर्ष असोजमा आएको बाढीले बिपी राजमार्गका डाइभर्सनहरू बगाएको र असोज १८–१९ को वर्षाले पुनः क्षति पु-याएको थियो। अहिले पनि सोही क्षेत्रको डाइभर्सनमा लेदो र सुख्खा पहिरो पस्दै सडक अवरुद्ध रहँदा यात्रु र सवारीचालकहरू समस्यामा परेका छन्।
Super Admin
>