२०२६-०६-१३
सुक्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, मुस्ताङसँग सम्पर्क टुट्यो>
Action

सुक्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, मुस्ताङसँग सम्पर्क टुट्यो

म्याग्दी — म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ। अन्नपूर्ण गाउँपालिका र थासाङ गाउँपालिकाको सीमामा पर्ने घोप्टेभिरमा आज बिहान अचानक खसेको सुख्खा पहिरोले सडक पूर्ण रूपमा बन्द भएको हो।

घटनापछि यातायात आवागमन ठप्प बनेको छ। प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालका अनुसार सडक खुलाउने प्रयासमा सडक विभागका उपकरण परिचालन गरिएको छ।

सडक अवरुद्ध भएपछि मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क टुटेको छ। मौसम प्रतिकूल बनेकाले पोखरा–जोमसोम हवाई सेवा पनि बन्द छ, जसका कारण यात्रुहरू थप समस्यामा परेका छन्। बेनी–जोमसोम सडकमार्ग अवरुद्ध हुँदा पर्यटक र स्थानीयवासी प्रभावित भएका छन्। मुस्ताङ जान चाहनेहरू म्याग्दीको काभ्रेमा रोकिएका छन् भने फर्किन चाहनेहरू मुस्ताङतर्फको घाँसामा अड्किएका छन्।

अधिकारीहरूका अनुसार पहिरो हटाउन केही समय लाग्न सक्ने भएकाले यात्रुहरूलाई वैकल्पिक व्यवस्था गर्न कठिन भइरहेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart