२०२६-०६-१३
बागमतीको राजनीतिक संकट समाधानका लागि कांग्रेसले राजन केसीलाई पठायो>
Action

बागमतीको राजनीतिक संकट समाधानका लागि कांग्रेसले राजन केसीलाई पठायो

काठमाडौं — नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षले बागमती प्रदेश सरकार संकटमा पारिरहेका बेला पार्टीले परिस्थितिलाई व्यवस्थापन गर्न केन्द्रीय नेता राजन कुमार केसीलाई सहजीकरणका लागि प्रतिनिधि पठाएको छ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केसीलाई केन्द्रको तर्फबाट सहजीकरणको जिम्मा दिइएको जानकारी दिएका छन्। ‘प्रदेशको विषय प्रदेशमै हल गर्नुपर्छ भन्ने मान्यतासहित सहजीकरणका लागि केन्द्रीय प्रतिनिधि पठाइएको हो,’ उनले भने, ‘केसीको भूमिका मध्यस्थता मात्र हो।’

बागमतीमा कांग्रेसकै नेताहरू — मुख्यमन्त्री बहादुर सिंह लामा र प्रदेश सभापति इन्द्रबहादुर बानियाँबीच सत्ता संघर्ष चर्किएपछि सरकार संकटमा परेको हो। बानियाँ समूहले लामालाई संसदीय दलको नेताबाट हटाउन शुक्रबार अविश्वास प्रस्ताव दर्ता गराएको थियो। ३७ कांग्रेस सांसदमध्ये २१ जनाको समर्थनमा प्रस्ताव दर्ता भएको छ।

मुख्यमन्त्री लामा नेतृत्वको सरकारमा रहेका चार मन्त्रीले राजीनामा दिएका थिए, जसलाई लामाले पदमुक्त गरिसकेका छन्। एमालेसँग गरिएको आधा–आधा कार्यकालको सहमतिको आधारमा बानियाँले दबाब बढाएका हुन्।

कांग्रेसका महामन्त्री शर्माले यसलाई स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भनेका छन्। ‘शक्ति सन्तुलन र नेतृत्व परिवर्तनको प्रक्रिया विधिसम्मत ढंगबाट अघि बढ्छ,’ उनले भने। आगामी दिनमा प्रदेश सभामा विश्वास प्रस्तावमाथि मतदानका लागि प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart