ताजा खबर
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिएपछि उत्पन्न संकट समाधानका लागि शहरी विकास, भौतिक पूर्वाधार र ऊर्जा मन्त्री कुलमान घिसिङ आज बिहान बञ्चरेडाँडा पुगेका छन् ।
विगतमा सरकारसँग भएका १८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले गत बुधबारदेखि फोहोर बिसर्जनमा अवरोध गरेपछि उपत्यकामा फोहोर संकलन रोकिएको छ । काठमाडौं महानगरपालिकाले फोहोर घरबाहिर ननिकाल्न सर्वसाधारणलाई सूचना जारी गरेपछि राजधानीको सडक र बस्तीमा फोहोर थुप्रिन थालेको छ ।
शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित पालिकाका जनप्रतिनिधि र सरोकारवालासहितको बैठक भए पनि निष्कर्षमा पुग्न नसकेपछि मन्त्री घिसिङ आज प्रत्यक्ष स्थलमै पुगेका हुन् । उनले बञ्चरेडाँडाका स्थानीय प्रतिनिधिसँग भेटेर सहमति कार्यान्वयन र दीर्घकालीन समाधानका उपायबारे छलफल गर्ने सचिवालयले जनाएको छ ।
Super Admin
>