२०२६-०६-१३
रास्वपा सभापति रविलाई पदबाट अलग हुन सुदूरपश्चिम समितिको सुझाव>
Action

रास्वपा सभापति रविलाई पदबाट अलग हुन सुदूरपश्चिम समितिको सुझाव

७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पार्टीको पदीय जिम्मेवारीबाट अलग हुनुपर्ने सुझाव सुदूरपश्चिम प्रदेश समितिले दिएको छ । समितिको ६ असोजमा बसेको बैठकले बनेको निष्कर्षलाई प्रदेश महामन्त्री सन्तोषराज जोशीमार्फत केन्द्रमा पठाइएको पत्रमा यो धारणा प्रष्ट गरिएको छ ।

पत्रमा भनिएको छ, “पार्टी सभापति स्वयंले उदारता प्रदान गर्दै न्यायिक निकायबाट सफाई नपाएसम्मका लागि जिम्मेवारीबाट अलग भई वैकल्पिक धार र समूहलाई अटाउने वातावरण बनाउनुपर्ने” सुझाव दिइएको छ ।

समितिले सभापति रवि कारागारबाट बाहिरिँदा पार्टीका ४० लाख हस्ताक्षरकर्ताको भावनामा ठेस पुगेको ठहर गरेको छ । जेनजी विद्रोहको दोस्रो दिन (भदौ २४) मा सुरक्षा कारण देखाई रवि नख्खु कारागारबाट बाहिरिएका थिए । समितिको निष्कर्ष अनुसार, सो कदमले पार्टी पंक्ति निस्क्रिय भएको र समर्थकहरू निराश बनेका छन् ।

पत्रमा पार्टी सभापतिलाई घेराबन्दी गर्ने सल्लाहकारहरूको अपरिपक्व निर्णयले पटक–पटक पार्टीलाई धोका दिएको आरोप छ । नख्खु कारागार प्रकरणलाई ताजा उदाहरणका रूपमा प्रस्तुत गर्दै त्यसबारे छानबिन गरी जिम्मेवार नेतामाथि कारबाहीको माग गरिएको छ ।

यस्तै, पूर्व सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामाले नेतृत्व कमजोरी उजागर भएको उल्लेख गर्दै पार्टी सचिवालय तत्काल पुनर्गठन गर्नुपर्ने माग पनि समितिले राखेको छ ।

समितिले केन्द्रीय नेतृत्वलाई निरंकुशताको आरोप लगाउँदै व्यक्तिपूजक प्रवृत्ति अन्त्य गर्नुपर्ने निष्कर्ष निकालेको छ । साथै, पार्टी संगठनमा ढिलाइ भएको भन्दै तत्काल पुनर्संरचना र प्रदेश तहलाई स्वायत्तता दिनुपर्ने मागसमेत पत्रमा उल्लेख छ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart