२०२६-०६-१३
नागढुंगा–मुग्लिन सडक १० घण्टापछि दुईतर्फी सञ्चालनमा>
Action

नागढुंगा–मुग्लिन सडक १० घण्टापछि दुईतर्फी सञ्चालनमा

७ असोज, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला (बाँदरे मोड) मा मंगलबार बिहान खसेको ठूलो सुक्खा पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ ।

करिब बिहान ५:४० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा लामो जाम सिर्जना भएको थियो । सडक बन्द हुँदा काठमाडौं आवागमन गर्ने यात्रुहरू बीचमै अलपत्र परेका थिए ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार करिब १० घण्टा लगाएर डोजर र जनशक्तिको सहयोगमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।

पहिरो ठूलो भएकाले हटाउन समय लाग्ने भएपछि सडक विभागले तत्कालै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको थियो । अहिले भने सडक खुल्ला भए पनि अझै जोखिम कायम रहेको प्रहरीले जनाएको छ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart