२०२६-०६-१३
निर्वाचन तयारीबारे प्रधानमन्त्री सुशीला कार्की र आयोगबीच छलफल>
Action

निर्वाचन तयारीबारे प्रधानमन्त्री सुशीला कार्की र आयोगबीच छलफल

७ असोज, काठमाडौं । प्रतिनिधिसभा विघटनपछि आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन तयारीबारे प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले सोमबार सिंहदरबारमा छलफल गरेका छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले कानुन संशोधन, निर्वाचन व्यवस्थापन, स्रोतसाधन परिचालन लगायतका विषयमा प्रधानमन्त्रीसँग राय–सुझाव आदानप्रदान गरेको हो ।

छलफलमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनका तयारीका अवरोध पहिचान गरी तत्काल समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, प्रारम्भिक समन्वय सुरु गरिएको र आगामी चुनौतीबारे नेपाल सरकारसँग निरन्तर संवाद हुने जनाएको छ ।

आयोगले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी निर्वाचन गराउन प्रतिबद्ध रहेको स्पष्ट पार्दै मतदाता नामावली ऐन, २०७३ मा संशोधन तथा आवश्यक स्रोत सुनिश्चितताका लागि सरकारसँग आग्रह गरिरहेको छ । हाल कात्तिक १६ सम्म १८ वर्ष पुगेका मतदाताको सङ्ख्या १ करोड ८१ लाख ६८ हजार २३० पुगेको आयोगले जनाएको छ ।

यसअघि असोज २ गते आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि छलफल गरेको थियो । विदेशमा रहेका नेपालीलाई मताधिकार दिन सर्वोच्च अदालतको आदेशअनुसार कानुनी प्रावधानबारे आयोगले विज्ञहरूसँग राय लिएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको हो ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart