ताजा खबर
काठमाडौं — चर्चित हास्यकलाकार राजु पौडेल (राजु मास्टर) आगामी साताबाट प्रसारण हुन लागेको लोकप्रिय टिभी श्रृंखला ‘मेरी बास्सै’को लेखन र निर्देशनको जिम्मेवारी सम्हाल्ने भएका छन्। उनले यो सिरियलमा अभिनय पनि जारी राख्नेछन्।
१९ वर्ष पुरानो ‘मेरी बास्सै’ले नेपाली हास्यसंसारमा विशेष स्थान बनाएको छ। राजुले यसै श्रृंखलाबाट आफ्नो कलाकारिता यात्रा सुरु गरेका थिए र १२ वर्षसम्म निरन्तर अभिनय गरेका थिए। केही वर्षपछि उनी अन्य श्रृंखलामा व्यस्त भए पनि अहिले आफ्नै घरजस्तै ‘मेरी बास्सै’मा फर्किन पाउँदा आफू खुसी र जिम्मेवार महसुस गरिरहेका छन्।
राजु मास्टरले हालसम्म ९२३ भागको ‘मेरी बास्सै’को नयाँ कथासहित निर्देशन र लेखन गर्नेछन्। छायांकन धादिङको ज्वालामुखी गाउँपालिका–५ स्थित खरीभदुवारमा भइरहेको छ।
श्रृंखलामा राजुसहित अनिता बस्नेत, सविना आचार्य, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, पल्पसा डंगोल लगायतका कलाकारहरू अभिनयरत छन्। ‘मेरी बास्सै’ हरेक मंगलबार साँझ नेपाल टेलिभिजन र मिडिया हबको युट्युब च्यानलबाट प्रसारण हुँदै आएको छ।
Super Admin
>