२०२६-०६-१३
भारतसँग सिँचाइ सम्झौता अनुसार पानी नमाग्नु ओलीको कमजोरी : आजपा अध्यक्ष साह>
Action

भारतसँग सिँचाइ सम्झौता अनुसार पानी नमाग्नु ओलीको कमजोरी : आजपा अध्यक्ष साह

कलैया — आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भारतसँग सिँचाइ सम्झौता अनुसार नेपालले पाउनुपर्ने पानी नखोजेको आरोप लगाएका छन्।

बाराको कलैयामा शुक्रबार आयोजित कार्यक्रममा उनले नारायणी सिँचाइ आयोजना र कोशी सिँचाइ आयोजनाबाट आवश्यक मात्रामा पानी नआउँदा मधेसका किसान धानखेती गर्न नपाई संकटमा परेको बताए।

“नेपाल–भारतबीचको सम्झौता अनुसार दिनुपर्ने पानीको १० प्रतिशत पनि नेपालले पाएको छैन,” साहले भने, “आफ्नो हक अनुसार भारतसँग पानी माग्ने काम प्रधानमन्त्री ओलीको हो कि होइन?”

साहले प्रधानमन्त्रीलाई सम्झौताअनुसार तत्काल पहल गर्न आग्रह गर्दै, “केपी ओलीजी, तपाईं राष्ट्रवादी हो भने किन आफ्नो हक खोज्नुभएन? किसानलाई किन नारायणी र गण्डक नहरबाट भागको पानी पाएन?” भनी प्रश्न गरे।

उनले सरकारले मधेसलाई विपद्‌ संकटग्रस्त क्षेत्र घोषणा गरे पनि राहत प्याकेज नल्याएको भन्दै आलोचना गरे। “राहत प्याकेजबिनाको घोषणा पीडितलाई झनै पीडित बनाउने काम हो,” उनले भने।

सरकारले हालै जलसंकटका कारण मधेसका आठ जिल्लालाई विपद्‌ संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart