२०२६-०६-१३
प्रिन्ट तथा रनवे मोडल राजश्री थापाले ‘जदौ’ बाट फिल्म डेब्यु गर्ने>
Action

प्रिन्ट तथा रनवे मोडल राजश्री थापाले ‘जदौ’ बाट फिल्म डेब्यु गर्ने

काठमाडौं — प्रिन्ट तथा रनवे मोडल राजश्री थापाले आगामी फिल्म ‘जदौ’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन्। निर्माताले हालै जारी गरेको विज्ञप्तिमा उनको कास्टिङ पुष्टि गरिएको छ।

राजश्री मोडलिङ क्षेत्रमा करिब साढे तीन वर्षदेखि सक्रिय छन् र यसअघि फेब्रुअरी २ मा रिलिज भएको सुशान्त केसीको गीत ‘झण्डै’मा अभिनय गरिसकेकी छन्। उनका इन्स्टाग्राममा ३४ हजारभन्दा बढी फलोअर्स छन्।

‘जदौ’ फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारहरू छन्। काजी लिम्बु र अन्जन शर्माको संयुक्त निर्देशनमा बन्न लागेको यो फिल्म अन्तरजातीय प्रेम र सामाजिक कुरीतिविरुद्धको कथामा आधारित हुनेछ।

फिल्मको छायांकन भदौ पहिलो साताबाट दाङ र प्युठानमा सुरु हुनेछ। अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मिलन श्रेष्ठको एक्सन रहेको छ भने श्याम तामाङ छायांकन गर्नेछन्।

‘जदौ’ सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मूभिज एण्ड इन्टरटेनमेन्टको संयुक्त प्रस्तुति हुनेछ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart