ताजा खबर
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्।
सुमना श्रेष्ठले पार्टी छोड्दै भनिन्, “अब खुल्लारुपमा आक्रमण गर्न सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाडेँ।”
उनका अनुसार पार्टी नेतृत्वले बारम्बार गल्ती गर्दा पनि कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको र आलोचना गर्नेहरूविरुद्ध मिडिया ट्रायल गर्ने प्रवृत्ति उनले स्वीकार्न नसक्दा यो कदम चाल्न बाध्य भएकी हुन्।
सुमना श्रेष्ठले थप भनिन्, “जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबाट आलोचना गर्दै आएको हुँ।”
Super Admin
>