२०२६-०६-१३
प्रधानमन्त्री कार्कीको प्रतिक्रिया : जेनजी आन्दोलनको आगजनी सुनियोजित हुन सक्ने>
Action

प्रधानमन्त्री कार्कीको प्रतिक्रिया : जेनजी आन्दोलनको आगजनी सुनियोजित हुन सक्ने

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएका आगजनी र तोडफोड सुनियोजित हुन सक्ने बताएकी छन्। उनले पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै घटनाप्रति गम्भीर प्रतिक्रिया व्यक्त गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “मान्छेले ज्यान मार्छ, भवन भत्काउला, लुट्ला, बेग्लै कुरा हो। तर यो घटना पहिलो पटक देशमा यस किसिमले हाम्रो संस्थाहरुलाई कमजोर बनाउने गरी भएको जस्तो लाग्छ। मलाई त यो एउटा प्लान वे, षडयन्त्रै भएको जस्तो लाग्छ।”

उनले अनुसन्धान भइरहेको र दोषीप्रति कारबाही हुने पनि स्पष्ट पारेकी छन्। “अनुसन्धान गरेर यसरी प्रहार गर्ने र नोक्सान पुर्‍याउनेलाई अपरिहार्य वस्तु, अत्यन्त आवश्यक वस्तु माटोमेट बनाएको छ, त्यसलाई छोड्न नहुने अवस्था छ। यो कारबाही हुनैपर्ने अवस्था हो,” उनले जोड दिइन्।

प्रधानमन्त्री कार्कीले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत र व्यापारिक कम्प्लेक्सजस्ता सरकारी कार्यालयमा भएको आगजनी लज्जास्पद भएको पनि बताएकी छन्।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart