ताजा खबर
काठमाडौँ — काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-९ बाट शनिबार साँझ प्रहरीले ७३० राउन्ड गोलीसहित ८ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामा बनेपा-९ का २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका-६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका-२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका-१० का ३४ वर्षीय अछुत खड्का रहेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोलीसहित नियन्त्रणमा लिएको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखिरहेको छ।
Super Admin
>