२०२६-०६-१३
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे, वैकल्पिक वित्त विधेयक पारित गर्ने तयारी>
Action

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे, वैकल्पिक वित्त विधेयक पारित गर्ने तयारी

काठमाडौं । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकमा सरकारको तर्फबाट ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ पारित गर्ने कार्यसूची रहेको छ।

उक्त विधेयकमाथि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले दफावार छलफलको प्रस्ताव पेश गर्नेछन्। छलफलपछि विधेयकमा दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ।

बैठकमा अर्थ, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ।

त्यसैगरी कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ सदनमा प्रस्तुत गर्ने छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart