२०२६-०६-१३
निजामती विधेयकमा ‘कुलिङ पिरियड’ हटाउने प्रयासप्रति वैद्य नेतृत्वको पार्टीको विरोध: भ्रष्टाचारलाई मलजल गर्ने कदम भन्दै टिप्पणी>
Action

निजामती विधेयकमा ‘कुलिङ पिरियड’ हटाउने प्रयासप्रति वैद्य नेतृत्वको पार्टीको विरोध: भ्रष्टाचारलाई मलजल गर्ने कदम भन्दै टिप्पणी

काठमाडौं — मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले निजामती सेवा विधेयकमा भएको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गरिएको संशोधन प्रयासको तीव्र आलोचना गरेको छ। पार्टीले उक्त संशोधनलाई “भ्रष्टाचारलाई मलजल गर्ने कदम” भन्दै विरोध जनाएको हो।

पार्टीको साउन १२ देखि १९ गतेसम्म बसेको स्थायी समिति बैठकले यो निष्कर्ष निकालेको हो। कार्यबाहक महासचिव चन्द्रप्रकाश गजुरेल ‘गौरव’को अध्यक्षतामा सम्पन्न बैठकपछि मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधि सभाबाट पारित भएको कुलिङ पिरियड सम्बन्धी कानुनलाई राष्ट्रिय सभाबाट उल्ट्याउन गरिएको षड्यन्त्र सरकारको भ्रष्टाचारलाई मलजल गर्ने एउटा कदम हो। हाम्रो पार्टी यसको घोर विरोध गर्दछ।”

संघीय निजामती सेवा विधेयक अन्तर्गत राष्ट्रसेवक कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षभित्र राजनीतिक नियुक्ति नपाउने ‘कुलिङ पिरियड’को प्रावधान राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित भएको थियो। यो प्रावधानसहितको विधेयक प्रतिनिधि सभाबाट पास भए पनि राष्ट्रिय सभामा एमाले सांसदहरूले संशोधन प्रस्ताव ल्याएपछि विषय विवादास्पद बनेको हो।

पार्टीको आरोप छ कि कुलिङ पिरियडको व्यवस्था निष्क्रिय पार्ने भाषाले कर्मचारीलाई सीधै सत्ता–शक्तिमा जोड्ने बाटो खोल्ने खालको छ, जसले लोकतान्त्रिक अभ्यास र जनसेवामा निष्पक्षता गुमाउने खतरा बोकेको छ।

यस विषयमा भएको गडबडीको छानबिन गर्न गठित संसदीय समितिले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई नैतिक रूपमा जिम्मेवार ठहर गरिसकेको छ।

वैद्य नेतृत्वको पार्टीले राजनीतिक नियुक्तिमा पारदर्शिता र निष्पक्षताको माग गर्दै सो प्रावधान हटाउने प्रयासको कडा विरोध जनाउने जनाएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart