२०२६-०६-१३
कोशीमा पानीको सतर्क बहाव, रातो बत्ती बालेर जनतालाई सचेत गराइयो>
Action

कोशीमा पानीको सतर्क बहाव, रातो बत्ती बालेर जनतालाई सचेत गराइयो

पूर्वी तराई र पहाडी क्षेत्रमा लगातारको वर्षापछि कोशी नदीमा पानीको बहाव उच्चस्तरमा पुगेको छ। सोमबार बिहानदेखि कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा उतारचढाव भइरहे पनि राति १० बजेसम्म बहाव झनै बढेर १ लाख ७९ हजार ७४० क्युसेक प्रतिसेकेन्ड पुगेको छ।

सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार, हाल ५२ मूल ढोका र ४ नहरमध्ये १९ वटा ढोका खोलिएको छ। खतराको सीमाभन्दा माथि बहाव पुगेपछि कोशी ब्यारेज कन्ट्रोल रुमले रातो बत्ती बालेर सर्वसाधारणलाई सतर्क गराएको छ।

विसं २०६५ को भदौ २ गते १ लाख ६८ हजार क्युसेक बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएर ठूलो विनाश मच्चाएको स्मरण गर्दै, अहिलेको बहाव त्यसको भन्दा बढी रहेको जनाइएको छ। जलस्रोत विशेषज्ञहरूद्वारा थप वर्षा भएसँगै जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart