ताजा खबर
काठमाडौं — चर्चित गायिका तथा गीतकार रचना दाहालले आफ्नो नयाँ म्युजिक भिडियो ‘हे भगवान’ सार्वजनिक गर्न लागेकी छन्। यो भिडियो शनिवार एक्सओ क्लबमा हुने सांगीतिक कार्यक्रममा प्रिमियर हुनेछ।
तीन महिनाअघि ‘जन्मदाग’ एल्बमको ‘तिमी भए’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेपछि दाहालले नयाँ गीतसहित पुनः प्रस्तुति दिने तयारी गरेका छन्। म्युजिक भिडियो प्रदर्शनपछि ‘जन्मदाग’ एल्बमको पूर्ण लाइभ प्रस्तुति हुने छ।
उनको ब्याण्डमा रोशन शर्मा (गिटार), रोशन पुत्वर (बाँसुरी), किरण शाही (ड्रम), र सनिष महर्जन (बास गिटार) रहेका छन्। प्राविधिक टिममा युकेश परियार र इमानविक्रम शाह (साउन्ड इन्जिनियर), सक्षम चित्रकार (लाइटिङ), तथा किरण थापा (स्क्रिन टेक्निसियन) समावेश छन्।
‘हे भगवान’ सहित एल्बममा ‘असम्भव’, ‘अलगाव’, ‘दागबत्ती’, ‘आज्ञा’ जस्ता गीतहरू पनि रहेका छन्। रचना दाहालको गीतहरू विषाक्त सम्बन्ध, मानसिक स्वास्थ्य र भावनात्मक विषयवस्तुहरूलाई समेटेर नेपाली संगीत क्षेत्रमा चर्चा बटुल्दै आएका छन्।
Super Admin
>