ताजा खबर
०६२/६३ को आन्दोलनपछिका राजनीतिक उपलब्धिहरूलाई पुराना दलहरूले संस्थागत गर्न नसकेको बेला भर्खर राजनीति बुझ्दै गरेका युवापुस्ताले देखाएको मार्गबाट मुलुकले पहिलो महिला प्रधानमन्त्री पाएको छ। सुशीला कार्कीको नेतृत्वमा मुलुकको आधाभन्दा बढी जनसंख्या — महिला — दोब्बर उत्साहले रिझिएको छ।
यसअघि उनी पहिलो महिला प्रधानन्यायाधीशका रूपमा संविधानिक नेतृत्वमा पुगेकी थिइन्। त्यसपछि मुलुकले पहिलो महिला राष्ट्रपति र सभामुख पाएको भए पनि कार्यकारी नेतृत्व भने कहिल्यै महिलाको हातमा आएको थिएन। कार्की प्रधानमन्त्री बनेसँगै इतिहासमा अर्को ‘पहिलो’ थपिएको छ।
यो उपलब्धि पुराना राजनीतिक दलहरूले होइन, जेन-जी आन्दोलनमार्फत आएको हो भन्ने तथ्यले नेपाली राजनीति र लैङ्गिक समानताको मार्गचित्र नै बदलिदिएको छ।
Super Admin
>