ताजा खबर
शनिबार सेन्ट्रल लन्डन रातो–सेतो झण्डामय बन्यो । करिब डेढ लाख मानिस बेलायतको राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिए, जुन पछिल्ला वर्षमै देखिएको सबैभन्दा ठूलो दक्षिणपन्थी प्रदर्शन मानिएको छ।
आप्रवासीविरोधी कार्यकर्ता टमी रोबिन्सनको नेतृत्वमा आयोजित ‘युनाइट द किंगडम’ र्यालीमा भीड र प्रहरीबीच तनाव चर्किँदा २६ प्रहरी घाइते भए भने २५ प्रदर्शनकारी पक्राउ परे। लन्डनको मुटुमा प्रदर्शन हुँदा वातावरण तातियो, र राष्ट्रियतावादी नाराले सडक गुन्जायमान बने।
प्रदर्शनकारीहरूले बेलायतको युनियन झण्डा र इङ्गल्याण्डको सेन्ट जर्ज क्रस लहराउँदै आप्रवासनविरुद्ध आक्रोश पोखेका थिए। ‘यो हाम्रो देश हो, हामी यसलाई फिर्ता चाहन्छौं,’ भनेर धेरैले चिच्याइरहेका थिए।
Super Admin
>