ताजा खबर
काठमाडौँ — नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छिन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार उनी बिहान ११ बजे सिंहदरबार पुगेर औपचारिक रुपमा पदभार ग्रहण गर्ने कार्यतालिका तय भएको छ। यससँगै गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी समेत मिलाइएको छ।
शुक्रबार शपथ ग्रहणलगत्तै पदभार ग्रहण गर्ने योजना भए पनि शपथमा ढिलाइ भएपछि सो कार्यक्रम स्थगित भएको थियो।
कार्की शनिबारदेखि नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छन्।
Super Admin
>