२०२६-०६-१४
मन्त्री छनोटमा असन्तुष्टि, सुदन गुरुङ समूहले प्रधानमन्त्री कार्कीको राजीनामा मागे>
Action

मन्त्री छनोटमा असन्तुष्टि, सुदन गुरुङ समूहले प्रधानमन्त्री कार्कीको राजीनामा मागे

३० भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि मध्यराति नाराबाजी गरेको छ। मन्त्री छनोटमा आफूहरुसँग सल्लाह नगरी निर्णय गरिएको भन्दै उनीहरूले तीव्र असन्तुष्टि जनाएका हुन्।

नाराबाजीको क्रममा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाइएका थिए। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवार पनि सुदनको उपस्थितिमा प्रदर्शनमा सहभागी थिए।

प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि सुदन गुरुङले भने, “सबैभन्दा शक्तिशाली नेपाली जनता हो। जसलाई हामीले राख्छौं, उसलाई निकाल्न पनि सक्छौं।” उनीहरूले कार्कीले आफूहरूलाई बेवास्ता गर्दै मन्त्री तोकेको आरोप लगाएका छन्।

गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि कार्की प्रधानमन्त्री बनेकी थिइन्। सो अवसरमा सुदनले कार्कीको खुट्टा ढोग्दै समर्थन जनाएका थिए। तर, आइतबार ओमप्रकाश अर्याललाई गृहमन्त्री, रामेश्वर खनाललाई अर्थमन्त्री र कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको निर्णयपछि सुदन समूह आक्रोशित बनेको छ।

सुदनले विशेषगरी ओमप्रकाश अर्यालप्रति असहमति जनाउँदै भने, “यो ओमप्रकाशलाईयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ।” उनका समर्थकहरूले आन्दोलन हाइज्याक भएको आरोप लगाउँदै प्रधानमन्त्री निवास अगाडि नाराबाजी गरेका थिए। घटनापछि सुरक्षाकर्मीको उपस्थिति बलियो बनाइएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart