२०२६-०६-१४
कार्की मन्त्रिपरिषद्को  आज शपथ, तयारी अन्तिम चरणमा>
Action

कार्की मन्त्रिपरिषद्को आज शपथ, तयारी अन्तिम चरणमा

२९ भदौ, काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्ने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि हुने तयारी भइरहेको छ। अहिले शपथस्थलमा टेन्ट र अन्य व्यवस्थापनको अन्तिम काम भइरहेको छ।

गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार तीन जना मन्त्री तोकेकी थिइन्। अर्थ मन्त्रालय रामेश्वर खनालले सम्हाल्ने, गृहमन्त्रालयसहित कानुन मन्त्रालय ओमप्रकाश अर्यालले पाउने र कुलमान घिसिङले ऊर्जा मन्त्रालयसँगै भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने तयारी गरिएको छ।

तर, मन्त्रिपरिषद् गठनमा सन्तुलन नदेखिएको भन्दै सुदन गुरुङ समूहका केही युवाले असन्तुष्टि जनाएका छन्। उनीहरूले गएराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गर्दै मन्त्रिपरिषद् पुनर्विचार गर्न माग गरेका थिए।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart