२०२६-०६-१३
मनसुन पुनः सक्रिय : कोशी–मधेसदेखि गण्डकीसम्म भारी वर्षाको सम्भावना>
Action

मनसुन पुनः सक्रिय : कोशी–मधेसदेखि गण्डकीसम्म भारी वर्षाको सम्भावना

काठमाडौँ — आइतबारदेखि मनसुन पुनः सक्रिय बनेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर अवस्थामा भारततर्फ अवस्थित भएकाले देशभर सामान्यतया बदली रहनेछ।

महाशाखाले दिएको जानकारीअनुसार आइतबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान छ।

आज राति पनि देशभर बदली रहने छ भने पहाडी भू–भागका केही र तराईका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ। साथै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यसैबीच पछिल्ला तीन घण्टामा बर्दिया र झापामा भारी वर्षा भएको विभागले जनाएको छ। बर्दियाको रम्भापुरमा ४९.८ मिलिमिटर र झापाको केचनामा १०८.२ मिलिमिटर वर्षा मापन भएको छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart