२०२६-०६-१३
काठमाडौंमा विद्यालय खुल्ने तयारी : भदौ ३० देखि कक्षा सुरु>
Action

काठमाडौंमा विद्यालय खुल्ने तयारी : भदौ ३० देखि कक्षा सुरु

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विद्यालय संचालनका लागि तयारी गर्न शिक्षक र व्यवस्थापनलाई आग्रह गरेको छ।

महानगरको शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण रोकिएका विद्यालयलाई पुनः सञ्चालन गर्न तयारी गर्न भनिएको हो।

महानगरले विद्यालयमा क्षति भए/नभएको यकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न र अवस्था सामान्य नहुन्जेल बालबालिकाको आवागमनमा ध्यान दिन आग्रह गरेको छ।

शिक्षा विभागले सूचना जारी गर्दै भदौ २३ र २४ गतेदेखि विद्यालयको संरचना तथा अवस्थाबारे अध्ययन गरी कक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको हो।

यससँगै महानगरले आगामी भदौ ३० गते सोमबारदेखि मनोसामाजिक परामर्शसहित विद्यालयमा प्रत्यक्ष कक्षा सञ्चालन गर्न र अभिभावकसँग आउन–जान नसक्ने विद्यार्थीलाई श्रव्य–दृश्य माध्यममार्फत पढाइको व्यवस्था गर्न आग्रह गरेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart