२०२६-०८-१४
माइकल ज्याक्सनको मोजा बिक्यो  ८,००० डलरमा>
Action

माइकल ज्याक्सनको मोजा बिक्यो ८,००० डलरमा

काठमाडौं । दिवंगत पपस्टार माइकल ज्याक्सनले एकपटक प्रयोग गरेको, पुरानो र दाग लागेको मोजा फ्रान्समा भएको लिलामीमा झण्डै ८,००० अमेरिकी डलरमा बिक्री भएको छ। चम्किलो क्रिस्टल जडित ती मोजा उनले सन् १९९७ मा फ्रान्सको निमेसमा 'हिस्ट्री वर्ल्ड टुर' अन्तर्गत आयोजित कन्सर्टमा लगाएका थिए।

लामो समयदेखि सुरक्षित अवस्थामा राखिएको उक्त मोजा पहेँलो देखिन थालिसकेको थियो, तर पनि प्रशंसकहरूका लागि यसले ऐतिहासिक महत्व बोकेकोले लिलामीमा उच्च मूल्य पायो। लिलामीकर्ता औरोर इलीका अनुसार मोजा कन्सर्टपछि स्टेज पछाडि भेटिएको थियो र एक प्राविधिकले दशकौंसम्म सुरक्षित राखेका थिए।

यसलाई जुलाई ३०, २०२५ मा फ्रान्समा लिलामीमा राखिएको थियो, जहाँ एक दुर्लभ वस्तु संकलनकर्ता वा प्रशंसकले महँगो मूल्य तिरेर किन्यो। यो मोजा पपस्टारले आफ्नो चर्चित गीत 'बिली जीन' प्रस्तुत गर्दा लगाएका थिए भन्ने दाबी पनि गरिएको छ।

सन् २००९ मा ५० वर्षको उमेरमा लागूपदार्थको ओभरडोजका कारण मृत्यु भएका माइकल ज्याक्सनको व्यक्तिगत सामग्री आज पनि विश्वभर उनका प्रशंसकमाझ ऐतिहासिक र सांगीतिक महत्वका रूपमा उच्च मूल्यमा किनबेच भइरहेका छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart