ताजा खबर
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब १० वर्षका लागि मान्य हुने भएको छ । केही नेपाल ऐन संशोधन गर्ने विधेयक राजपत्रमा प्रकाशित भएसँगै यो व्यवस्था लागू भएको हो ।
यसअन्तर्गत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४ को उपदफा ३ संशोधन गरी पहिले पाँच वर्षसम्म मात्र मान्य हुने लाइसेन्स अवधि अब १० वर्ष कायम गरिएको हो ।
अब लाइसेन्स नवीकरण गर्दा पनि सोही अवधिका लागि मान्य हुनेछ । यसअघि नवीकरण गरेपछि थप पाँच वर्षका लागि मात्र मान्य हुने व्यवस्था थियो ।
नयाँ कानुनी व्यवस्थामा सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रहरू सञ्चालन गर्न निजी क्षेत्रलाई समेत अनुमति दिने उल्लेख छ, जसले सवारी सेवा प्रक्रियामा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
Super Admin
>