२०२६-०६-१३
खडेरी हटोस् भनी रौतहटका मुस्लिम समुदायले सामूहिक रूपमा पानीका लागि नमाज पढे>
Action

खडेरी हटोस् भनी रौतहटका मुस्लिम समुदायले सामूहिक रूपमा पानीका लागि नमाज पढे

रौतहट — मुसलधारे वर्षाका प्रतीक्षामा रहेका रौतहटका मुस्लिम समुदायले खडेरी हटोस् र वर्षा होस् भन्ने कामनासहित विशेष धार्मिक प्रार्थना सुरु गरेका छन्। परोहा र गुजरा नगरपालिकाका दर्जनौं स्थानमा इस्लाम धर्म अनुसार ‘इस्तिस्का नमाज’ सामूहिक रूपमा अदा गरिएको छ।

स्थानीय धार्मिक अगुवा इस्तिका अहमदका अनुसार खडेरी, सुक्खा र पानीको संकट गहिरिँदै जाँदा वृद्धदेखि युवा पुस्तासम्म सहभागी भएर अल्लाहसमक्ष पानीका लागि दुवा मागिएको हो। यसरी लामो समयसम्म पानी नपरेको बेला मुस्लिम समुदायमा विशेष नमाज पढ्ने परम्परा रहिआएको छ।

प्रार्थनामा सहभागीहरूले निःस्वार्थ मनले हात उठाउँदै अल्लाहसँग क्षमा र वर्षाको लागि अनुरोध गरेका थिए। चापाकल सुक्न थालेको, खेतबारीमा पानी अभावले बाली सुक्न थालेको र जनजीवन संकटमा पर्न थालेपछि उनीहरूले श्रद्धापूर्वक यो धार्मिक अभ्यास अपनाएका हुन्।

इस्तिस्का नमाज केवल धार्मिक परम्परा मात्र नभई समाजमा पर्यावरणीय संकटको सामना गर्न आध्यात्मिक चेतना बढाउने माध्यम पनि हो। यस्तो सामूहिक प्रार्थनाले जलवायु संकटप्रति सामाजिक एकता र चेतना पनि उजागर गरेको देखिन्छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart