ताजा खबर
काठमाडौँ — नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनका क्रममा घाइते भएका युवालाई भेट्न आइतबार बानेश्वरस्थित सिभिल अस्पताल पुगेकी छन्। यसअघि उनी ट्रमा सेन्टरमा उपचाररत घाइतेलाई समेत भेटिसकेकी थिइन्।
भदौ २३ र २४ गते भएको आन्दोलनमा घाइते भएका युवाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। कोही ट्रमा सेन्टरमा, कोही सिभिलमा र कोही टिचिङ अस्पतालमा उपचाररत छन्।
शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले पदभार ग्रहणअघि नै आन्दोलनका क्रममा घाइते भएका युवालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्।
जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या हालसम्म ५१ पुगेको छ भने ४ सयभन्दा बढी घाइतेको उपचार भइरहेको छ।
जेनजी युवाहरूको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमकै बीच कार्की अन्तरिम सरकार प्रमुख बनेकी हुन्। भदौ २३ को आन्दोलनमा राज्यको बल प्रयोगका कारण युवाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।
Super Admin
>