२०२६-०६-१३
काठमाडौँमा सडक कुकुर नियन्त्रण अभियान सुरु>
Action

काठमाडौँमा सडक कुकुर नियन्त्रण अभियान सुरु

काठमाडौँ महानगरपालिकाले सडक कुकुर व्यवस्थापन र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान सुरु गरेको छ। महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको पहिलो चरणमा करिब ४ हजार कुकुरलाई बन्ध्याकरण गर्ने योजना रहेको छ।

महानगरले छानिएका पाँच संघसंस्थासँग सम्झौता गरी वडा विभाजन गरी कार्यादेश दिइसकेको छ। बन्ध्याकरणपछि कुकुरको शरीरमा एयर नच र खोप लगाइएपछि हरियो रंगको निशान लगाइनेछ। स्वास्थ्य समस्या भए तीन महिनासम्म निगरानी राख्ने जिम्मेवारी पनि संघसंस्थाको हुनेछ।

महानगरपालिकाका अनुसार, यदि कुनै संघसंस्थाले मापदण्ड पूरा नगरेमा प्रतिजनावर एक लाख रुपैयाँ जरिवाना र सम्झौता रद्द हुने व्यवस्था गरिएको छ। अभियानले काठमाडौंलाई स्वस्थ, स्वच्छ र पशुप्रेमी शहरको रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

पहिलो चरणमा ४ हजार कुकुर बन्ध्याकरण गरिसकेपछि आगामी बजेट स्वीकृत भए थप ४ हजार कुकुरमा कार्यक्रम विस्तार हुने महानगरले जनाएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart