२०२६-०६-१३
हिपहप टिभी शो ‘नेपहपको श्रीपेच’को तेस्रो सिजन घोषणा>
Action

हिपहप टिभी शो ‘नेपहपको श्रीपेच’को तेस्रो सिजन घोषणा

अघिल्ला दुई सिजन सफल भएसँगै हिपहप टिभी शो ‘नेपहपको श्रीपेच’ को तेस्रो सिजनको घोषणा गरिएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा डिजिटल अडिसन पनि खुला गरिएको छ।

प्रतियोगीहरूले नेपालीर्‍याप डटकम, फेसबुक, ह्वाट्स एप लगायत प्लेटफर्ममार्फत भिडियो अपलोड गरेर अडिसनमा सहभागी हुन सक्नेछन्। अडिसन २५ कार्तिकसम्म खुला रहनेछ। डिजिटल अडिसनको लागि आवश्यक बिट ‘श्रीपेच स्टुडियो’ युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ।

तेस्रो सिजनको शीर्ष प्रायोजक ‘रेड बुल’ रहेको छ। विजेताले १० लाख नगद, विश्व टूर र ब्रान्डसँग सहकार्यको अवसर पाउनेछन् भने उपविजेताले ५ लाख नगद र विदेशमा प्रस्तुतिको मौका पाउनेछन्।

निर्णायकमा यस सिजनमा मानस घले र गिरिश खतिवडा रहँदैछन्। तेस्रो निर्णायक चाँडै सार्वजनिक गरिनेछ। शोको प्रसारण मंसिर अन्त्यदेखि सुरु हुने जनाइएको छ, टेलिभिजन च्यानल र ब्रोडकास्टिङ पार्टनर केही दिनमा सार्वजनिक गरिनेछ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart