२०२६-०६-१३
काठमाडौँ महानगरपालिकाले पानीजन्य रोग नियन्त्रणका लागि पानीपुरी, चटपटे लगायतको बिक्री अनुगमन गर्ने>
Action

काठमाडौँ महानगरपालिकाले पानीजन्य रोग नियन्त्रणका लागि पानीपुरी, चटपटे लगायतको बिक्री अनुगमन गर्ने

काठमाडौँ — पानीजन्य रोगबाट जनतालाई जोगाउन काठमाडौँ महानगरपालिकाले पानीपुरी, चटपटे लगायत स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने खाद्यवस्तुको बिक्रीमा कडाइ गर्ने भएको छ। विशेषगरी बर्खाको समयमा सजिलै पानी उपलब्ध भएकाले यी खाद्यवस्तुमा प्रदूषित पानी प्रयोग हुने सम्भावना बढ्ने भएकाले अनुगमनलाई तीव्रता दिइने बताइएको छ।

महानगरपालिकाको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालका अनुसार खाद्यप्रविधि र खानेपानी ढल व्यवस्थापन विभागसँग सहकार्यमा वर्षायामभरि पानीपुरी र चटपटे बिक्री वितरणको नियमन र पिउने पानीको गुणस्तर परीक्षण गरिनेछ।

त्यसैगरी, हैजा नियन्त्रणका लागि खानेपानी गुणस्तरमा विशेष ध्यान दिँदै प्लास्टिक र्‍याप स्टिकर प्रयोग र सचेतनामूलक अभियान पनि सञ्चालन गरिनेछ। खानेपानी उपभोक्ता समितिसँग समन्वय गरेर पानीको स्रोतदेखि घरसम्मको गुणस्तर जाँच हुने छ। खोलामा तरकारी धोएर राख्ने र ढल मिसाउने जस्ता कार्यहरूलाई पनि निरुत्साहित गर्ने योजना बनाइएको छ।

विद्यालय तहमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई डेङ्गी र हैजा रोकथामसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ। विद्यार्थीहरूले सिकेका कुरा समुदायसम्म पुर्याउन स्वास्थ्य नेतृत्वकर्ता तोकिने र सरसफाइमा सक्रियता बढाउने काम भइरहेको छ।

महानगरले ३२ वटै वडामा स्वयंसेवक र स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै आएको छ। साथै, स्वास्थ्यसम्बन्धी गुनासो सुन्न ११८० नम्बरमा निःशुल्क हटलाइन पनि सञ्चालनमा छ।

सहरी व्यवस्थापन विभागसँगको सहकार्यमा अव्यवस्थित निर्माण सामग्री हटाउने, पानी जम्ने ठाउँमा सरसफाइ गर्ने, र कामपा प्रहरी, विपद् व्यवस्थापन विभाग, नेपाल रेडक्रस सोसाइटी तथा युवासँग सहकार्य गरी नागरिक सचेतना अभियान र स्वयंसेवक परिचालन गर्ने तयारीमा छ।

प्रत्येक शुक्रबार बिहान ९ देखि १० बजेसम्म महानगरपालिकाले कार्यालय परिसरमा डेङ्गी लार्भा नष्ट गर्ने अभियान पनि निरन्तर सञ्चालन गरिरहेको छ।

यसरी काठमाडौँ महानगरपालिकाले पानीजन्य रोग नियन्त्रणका लागि समन्वित र सक्रिय कदम चाल्दै नागरिकको स्वास्थ्य सुरक्षामा जोड दिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart