२०२६-०६-१३
मृणाल ठाकुर र धनुषको भाइरल भिडियोले जन्मायो डेटिङको चर्चा, अभिनेत्रीको प्रतिक्रिया यस्तो छ>
Action

मृणाल ठाकुर र धनुषको भाइरल भिडियोले जन्मायो डेटिङको चर्चा, अभिनेत्रीको प्रतिक्रिया यस्तो छ

बलिउड अभिनेत्री मृणाल ठाकुरले अगस्ट १ मा आफ्नो जन्मदिन धुमधामका साथ मनाइन्। जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोले अहिले चर्चाको केन्द्र बनाएको छ। उक्त भिडियोलाई लिएर मृणाल ठाकुर र दक्षिण भारतीय सुपरस्टार धनुषबीच डेटिङको चर्चा चुलिएको छ।

भाइरल भिडियोलाई हेर्दा धनुष र मृणाल निकै नजिक देखिन्छन्। भिडियोमा धनुषले मृणालको हात समातेको र मृणालले उनको कानमा केही कुरा खुसुक्क गरेको देखिन्छ। यतिमात्र नभई, भिडियोमा उनीहरू आरामसँग कुरा गरिरहेका छन्, जुन दृश्यले फ्यानहरूलाई उत्साहित बनाएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले “के धनुष र मृणाल डेटिङ गर्दैछन्?” भन्ने क्याप्सनसहित उक्त भिडियो सेयर गरेका छन्।

धनुष हालै मुम्बईमा अभिनेता अजय देवगणसँग मृणालको नयाँ फिल्म ‘सन अफ सरदार २’ को स्क्रिनिङमा सहभागी हुन आएका थिए। यही स्क्रिनिङको दौरान यो भिडियो खिचिएको अनुमान गरिएको छ।

डेटिङको हल्लाबारे मृणालको प्रतिक्रिया

इन्स्ट्यान्ट बलिउडसँगको कुराकानीमा मृणालले व्यक्तिगत सम्बन्धभन्दा बढी आफ्नो करियरमा केन्द्रित हुने बताइन्। उनले भनिन्,

“म धेरै सोचेर मात्रै निर्णय लिन्छु। मलाई मेरो करियरमा धेरै कुरा गर्नुछ। जुन कामहरू मैले अझै गरेको छैन, तिनबारे म त्यतिबेला मात्रै बोल्नेछु जब तिनीहरू साकार हुँदैछन्। म दुष्ट नजरमा विश्वास गर्छु, त्यसैले धेरै कुरा अगाडि नै भन्न चाहन्न।”

धनुषको वैवाहिक पृष्ठभूमि

धनुषले सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्यासँग १८ वर्ष वैवाहिक जीवन बिताएपछि २०२२ मा सम्बन्धविच्छेदको घोषणा गरेका थिए। उनीहरूका दुई छोराहरू — यात्रा र लिंगा छन्। सम्बन्धविच्छेदको प्रक्रिया २०२४ मा अन्तिम भएको थियो।

हाल मृणाल र धनुष दुबैजना डेटिङको चर्चा बारे स्पष्ट रूपमा नबोलेपनि, फ्यान र मिडिया संसारमा यो जोडीले निकै चासो बटुलेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart