२०२६-०६-१३
कुलमान घिसिङ र बेलायती राजदूतबीच ऊर्जा र पूर्वाधार विषयक छलफल>
Action

कुलमान घिसिङ र बेलायती राजदूतबीच ऊर्जा र पूर्वाधार विषयक छलफल

७ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयको जिम्मेवारी पाएका नवनियुक्त मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायती राजदूत रब फेनबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको छ ।

राजदूत फेनले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटमा नेपाल–बेलायतबीचको पुरानो मित्रता, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीका सम्भावना, तथा जलवायु परिवर्तनबाट सिर्जित समस्याको न्यूनीकरणका उपायबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री घिसिङले जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारको प्राथमिकता आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आसन्न आमचुनाव र सुशासन कायम गर्ने रहेको उल्लेख गरे । उनले नेपाललाई कार्बनमुक्त बनाउने लक्ष्यअनुरूप विद्युतीय सवारीसाधन प्रयोग विस्तार गर्न बेलायतले चार्जिङ स्टेसन निर्माणमा गरेको सहयोगलाई प्रभावकारी भएको बताए ।

त्यसैगरी उनले बेलायतमा सफल मानिएको सार्वजनिक–निजी साझेदारी (PPP) मोडेललाई नेपालमा पनि अनुशरण गर्न सकिने भन्दै ग्रिन हाइड्रोजन, हिमताल विस्फोटको जोखिम अध्ययन र जलवायु परिवर्तन न्यूनीकरणमा सहकार्य आवश्यक रहेको प्रस्ट पारे ।

राजदूत फेनले नेपाललाई बेलायतको पुरानो मित्रका रूपमा हेर्ने भन्दै नेपालको आर्थिक रूपान्तरणलाई आफ्नो देशको सफलता मान्ने उल्लेख गरे । उनले आगामी दिनमा ऊर्जा, पूर्वाधार र जलवायु क्षेत्रमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart